हेटौंडा, (नेस) ।
शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने उद्धेश्यसाथ मकवानपुरमा अक्षयकोष स्थापना गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरिएको हो ।
हेटौंडा–२ मा कार्यालय रहने गरी कोष दर्ता गरिएको तदर्थ समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
आर्थिक तथा सामाजिकरुपले पछाडि परेका वर्गका बालबालिका र विभिन्न कारण आमाबाबु गुमाएका बालबालिकाले आफ्नो पठनपाठन अगाडि बढाउन सहयोग गर्ने उद्धेश्यसाथ अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो ।
‘सबैका लागि शिक्षा’ भन्ने मर्मलाई सार्थक बनाउने तथा सरकारलाई सहयोग पु¥याउने उद्धेश्यले कोष स्थापना गरिएको प्रमुख खुलालले बताउनुभयो । यसका लागि मकवानपुरमा ‘शैक्षिक सहयोग अक्षयकोष नेपाल’ नामक संस्था दर्ता भएको हो ।
तत्काल एक करोड रुपियाँको अक्षयकोष बनाइने तथा प्रत्येक वर्ष कोषवृद्धि गर्दै लैजाने लक्ष्य लिइएको खुलालले बताउनुभयो ।











प्रतिक्रिया