विप्वलका नगर इन्चार्ज जेल चलान


नवलपरासी । विप्वल नेतृत्वका नेकपा नवलपरासीको सुनवल नगर इन्चार्जलाई प्रहरीले जेल चलान गरेको छ । ४४ बर्षीय आत्मराम आचार्य भनिने आत्मराम शर्मा जैसीलाई प्रहरीले आज पक्राउ गरी जेल चलान गरेको हो ।

सुनवल ११ जगार्हा स्थित उनकै घर नजिकबाट भुमही प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालत पेश गरिएकोमा अदालतले तोके बमोजिमको धरौटी नबुझाएको कारण कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले बताएको छ ।

गत फागुन २९ गते तुलसीपुरमा भएको ट्रक आगलागीको घटनामा दोषी ठहर गरी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।