शिक्षालाई हेर्ने सरकारी दृष्टिमा त्रुटि

0
Shares

काठमाडौं, (नेस)। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सरकारले सार्वजनिक गरेको नारालाई चुनौती दिँदै ‘सुदृढ र स्वायत्त निजी विद्यालय समृद्धिको आधार, सरकारी विद्यालय सबलीकरणको आवश्यक पूर्वाधार’ भन्ने शिक्षा दिवसको आदर्श वाक्य तय गरेको छ।

सरकारले तय गरेको ‘हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण’लाई चुनौती दिँदै नयाँ नारा तय गरेको हो। शिक्षा दिवस सेप्टेम्बर २३ अर्थात् भदौ २२ गते परेको छ। सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण फरक रहेको जनाउँदै एन प्याब्सनले छुट्टै नारा तय गरेको हो।

अध्यक्ष ऋतुराज सापकोटा र महासचिव सुवास न्यौपालेले आफूहरूलाई हेर्ने सरकारी दृष्टिकोण त्रुटिपूर्ण र पूर्वाग्रही रहेको आरोप लगाउनुभएको छ। पछिल्लो समय सरकारले निजी विद्यालयमाथि गरेको व्यवहारले सरकारको गलत रहेको बताएका छन्।

मुलुकले समृद्धिको पाइला चालिरहेको वर्तमान अवस्थामा शिक्षा क्षेत्रलाई नजर अन्दाज गर्न नसकिने बताउँदै वर्तमान सरकार गठन भएपश्चात् प्रत्येक पटक शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण त्रुटिपूर्ण र पूर्वाग्रही रहेको उल्लेख गरेका छन्।

राष्ट्रिय शिक्षा आयोगको गठनदेखि संसद्मा पेस गरेको शिक्षा ऐन तथा शिक्षा नीतिमा निजी विद्यालयहरूलाई गरेको व्यवहार मकैबारीमा पसेको छाडा साँढेझैं भएको आरोप उहाँले लगाउनुभएको छ।