काठमाडौं, (नेस)।प्रहरी प्रधान कार्यालय यूएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूतिराज पाण्डेले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ सोमालियास्थित मिसनमा अनपोलका रूपमा खटी जान लाग्नुभएका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीलाई आइतबार बिदाइ गर्नुभयो।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले मिसनमा पनि उत्कृष्ट काम गरी सफलता हासिल गर्न प्रहरी नायब उपरीक्षक सोतीलाई शुभकामना दिनुभयो।
प्रहरी नायब उपरीक्षक सोती भदौ १७ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।











प्रतिक्रिया