इक्यानले मनायो २३औं वार्षिकोत्सव

0
Shares

काठमाडौं, (नेस) । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले २३औं वार्षिकोत्सव मनाएको छ। इक्यानले पहिलो पटक विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिलाई निम्त्याएर उहाँहरूको सफलताको कथासँगै वार्षिक कार्यक्रम मनाएको थियो।

कार्यक्रममा टुटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्ट, विज्ञापन व्यवसायी रञ्जित आचार्य, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, मोटिभेसनल स्पिकर प्रेरणा साह, हास्य कलाकार सन्दीप क्षेत्री, भ्रष्टाचार विरोधी अभियन्ता भीष्मकुमार भुसाललगायतले व्यावसायिक यात्राका क्रममा भोगेका समस्या तथा सफलताको कथा सुनाएका थिए।

टुटलका संस्थापक भट्टले समाजमा गरेको कामको बारेमा मन्तव्य दिनुभएको थियो। युवाले आफ्नै देशमा रहेर काम गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा विभिन्न व्यक्तिले आफ्नो सफलताको कथा सुनाएका थिए। कार्यक्रममा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले यो वर्ष फरक ढंगले वार्षिक उत्सव मनाएको जानकारी दिनुभयो।

इक्यानले हरेक वर्ष भदौ १३ गते स्थापना दिवस मनाउँदै आएको प्रथम उपाध्यक्ष महेशबाबु तिमल्सिनाले बताउनुभयो। कार्यक्रममा इक्यानका वर्तमान तथा निवर्तमान पदाधिकारीहरू, सल्लाहकारहरू तथा सदस्यको उपस्थिति थियो।

संघका प्रथम उपाध्यक्ष महेशबाबु तिमल्सिनाले सफलता प्राप्त गरेका व्यक्ति प्रेरणाको स्रोत रहेको र उहाँहरूका बारेमा जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।