दीपेन्द्र गजुरेल, स्पेन।नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको दुई भ्रातृ संगठन प्रवासी नेपाली मञ्च तथा नेपाली प्रगतिशील मञ्च स्पेन विधिवत् रूपमा एकता भएको छ।
दुई संगठनका अध्यक्षसहितको कार्यसमितिको उपस्थितिमा संयोजकमा हेम शेर्पा र सचिवमा अशोक किरण न्यौपानेलाई सर्वसम्मतरूपमा चयन हुनुभएको एकता घोषणा सभामा उपस्थित नेपाली जनप्रगतिशील मञ्चका पूर्वी युरोपका महासचिव गंगा भुसालले जानकारी दिनुभयो।
महासचिव भुसालले भन्नुभयो– ‘स्पेनमा आ–आफ्नो इतिहास बनाउन सफल दुई बामपन्थी संस्था एकतापछि सशक्तरूपमा सामाजिक क्षेत्रमा नेपाली समुदायलाई परेको अप्ठ्यारोमा सहयोगी बन्न थप जिम्मेवारी बढेको छ। एकतापछि संंयोजक शेर्पाले प्रवासमा रहेका नेपाली समुदायमा बामपन्थी आस्था भएकाहरूलाई गोलबद्ध बनाएर हातेमालो गर्दै आगामी दिनमा एकताबद्ध भएर अगाडि बढ्ने बताउनुभयो।
नेपालमा दुई कम्युनिस्टको एकतापछि पनि तिनका जनवर्गीय संगठनले एकतालाई केन्द्रको मुख ताकेर बस्दा पूर्णता पाउन नसकेपछि दुई संस्थाका पदाधिकारी मिलेर सर्वसम्मतरूपमा टु·ोमा पुर्याएका हुन्।
नेपालमा दुई कम्युनिस्टको एकतापछि पनि तिनका जनवर्गीय संगठनले एकतालाई केन्द्रको मुख ताकेर बस्दा पूर्णता पाउन नसकेपछि दुई संस्थाका पदाधिकारी मिलेर सर्वसम्मतरूपमा टु·ोमा पुर्याएका हुन्।
विगत लामो समयदेखि दुई ठूला पार्टी एकतापछि भ्रातृ संगठनका अध्यक्षले केन्द्रको निर्देशन कुर्दा कार्यकर्तामा निराशा बढ्दै गएपछि आफ्नै पहलमा एकतालाई मूर्तरूप दिएको समेत संयोजक शेर्पाले बताउनुभयो।
समितिका सचिव अशोककिरण न्यौपानेले भने विगतका तितामिठा कुरालाई बिर्सेर भावी कार्ययोजनासहित नेपाली समुदायलाई थप सहयोगको भावनाले सीपमूलक तथा कागजपत्र नभएका नयाँ नेपालीलाई क्षमतावान् नेपाली बनाउन संस्था त्यसतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
एकतापश्चात् नेपाली प्रगतिशील मञ्चका पूर्व अध्यक्ष अर्जुन आर्चायलाई युरोप कमिटीमा पठाउने सहमतिसहित ३५ सदस्यीय कार्यसमिति चयन गरेको सचिव न्यौपानेले बताउनुभयो।











प्रतिक्रिया