काठमाडौं, (नेस) ।दलीय भागबन्डाका कारण विश्वविद्यालयको शैक्षिक वातावरण बिग्रिएको आरोप लगाउँदै नेविसंघले खबरदारी र्याली निकालेको छ। नेविसंघले आइतबार माइतीघर मण्डलाबाट बानेश्वरसम्म र्याली निकालेको हो।
कार्यक्रममा बोल्दै नेविसंघका नेता नवराज त्रिपाठीले नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलीय भागबन्डा नरोकिए नेविसंघ कडा संघर्षमा उत्रने चेतावनी दिनुभयो।
विद्यार्थी नेता कुन्दनराज काफ्लेले नैविसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आह्वान गर्दै, भागबन्डा कायम राखे पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लाग्ने चेतावनी दिनुभयो।
कार्यक्रममा विद्यार्थी नेता रामप्रसाद अधिकारी, युवराज पाण्डे बोल्नुभएको थियो। नेविसंघ नेता मानिष सिम्खडाले माग कार्यान्वयन नभएसम्म चरणबद्ध रूपमा अगाडि बढ्ने जानकारी दिनुभयो।











प्रतिक्रिया