काठमाडौं, (नेस)।काठमाडौं महानगरको वडा नं. ५ हाँडीगाउँले आउँदो ३ वर्ष अर्थात् ०७९ सालसम्ममा वडा क्षेत्रको एकीकृत बिकासका लागि चरणगत योजना सार्वजनिक गरेको छ।
शनिबार वडाको प्रा·णमा आयोजना गरिएको कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रदेश सभा सदस्य नारायण सिलवाल, पुरातत्वविद् डा. जगदिशचन्द्र रेग्मी र वडाध्यक्ष रमेश डंगोलले संयुक्त रूपमा योजना सार्वजनिक गर्नुभएको हो।
वडाको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई पर्यटकीय सम्भावनासँग जोडेर वडाको समग्र बिकास गर्न बडाबासीको भेलाबाट शिवप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको थियो। त्यस समितिमातहतमा गठन भएका ५ वटा उपसमितिले दिएको प्रतिवेदनका आधारमा सर्वा·ीण बिकास कार्यक्रमलाई पुस्तिकाका रूपमा तयार पारिएको हो।











प्रतिक्रिया