ब्याजमा पैसा लगाएर ठगि गर्ने एक जना प्रहरीकाे फन्दामा


काठमाडौँ । सर्लाहीमा २९९ भन्दा धेरै सर्वसाधरणलाई ब्याजमा पैसा लगाएर ठगिगरहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्यामकृष्ण साह कलवार रहेका छन् । आइतबार मलंगवा नगरपालिका-१० स्थित उनको घर नजिकैबाट उनलाई पक्राउ गरिएको प्रदेश २ का डिआईजी प्रद्युम्न कार्कीले जानकारी दिएका छन ।

नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

कलवारले नक्कली तमसुक बनाएर ठगी गरिररहेको भन्दै न्याय माग्न १ सय ५० जना काठमाडौंमा आइपुगेका छन् । एकपटक ऋण दिए पनि पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको भन्दै सर्लाहीका विपन्न थारू र मधेसी समुदयाका व्यक्तिहरुले आफूमाथि ठगी भएको आरोप लगाउँदै आएका थिए ।

प्रहरीले उनलाई ठगी मुद्दामा कारबाही चलाउने तयारी गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।