हात्तीको आक्रमणबाट १ काे मृत्यु


इनरुवा । सुनसरीको कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय अनमोल मुखिया रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय खरेखोलामा माछा मार्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गरेपछि मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो । तीन दाजुभाइसँगै माछा मारिरहेका बेला आरक्षबाट आएको हात्ती देखेपछि दुई भाग्न सफल भएका र अनमोल हिलोमा भेटिएको अवस्थामा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

मृतक अनमोलको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।