न्युज अफ नेपाल, काठमाडौं ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन)ले सरकारी सार्वजनिक गरेको नारालाई चुनौति दिदै “सुदृढ र स्वायत्त निजी विद्यालय, समृद्धिको आधार सरकारी विद्यालय सबलीकरणको आवस्यक पूर्वाधार” भन्ने शिक्षा दिवशको आदर्श वाक्य तय गरेको छ ।
सरकारले तय गरेको “हामी सबैको प्रण सार्बजनिक शिक्षा प्रणालीको सबलीकरण” लाई चुनौति दिदै नया नारा तय गरेको हो । शिक्षा दिवस सेप्टेम्बर २३ अर्थात भदौ २२ गते परेको छ ।
सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टीकोण फरक रहेको जनाउदै एन प्याब्सनले छुट्टै नारा तय गरेको हो । अध्यक्ष ऋतुराज सापकोटा र महासचिव सुवास न्यौपालेले विज्ञप्ति निकालेर आफूहरुलाई हेर्ने सरकारी दृष्टिकोण त्रुटिपूर्ण र पूर्वाग्रही रहेको आरोप लगाएका छन् । पछिल्लो समय सरकारले नीजि विद्यालय माथी गरेको ब्यवहारले सरकारको गलत रहेको बताएका छन् ।
मुलुकले सम्बृद्धिको पाइला चालिरहेको बर्तमान अवस्थामा शिक्षा क्षेत्रलाई नजर अन्दाज गर्न नसकिने बताउदै बर्तमान सरकार गठन भए पश्चात प्रत्येक पटक शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण त्रुटिपूर्ण र पूर्वाग्रही रहेको उल्लेख गरेका छन् । राष्ट्रिय शिक्षा आयोगको गठन देखि संसदमा पेश गरेको शिक्षा ऐन तथा शिक्षा नीतिमा निजी विद्यालयहरुलाई गरेको व्यवहार मकैबारीमा पसेको छाडा साँडे झै भएको आरोप लगाएका छन् ।
शिक्षा मन्त्रालयले बर्षौदेखि शिक्षा दिवसको सन्दर्भमा तय गर्ने गरेको आदर्श फरक देखिएको आरोप लगाएको । निजी लगानीका शिक्षा व्यवस्थालाई हेर्ने दृष्टिकोणमा एकांङ्कीपनको ज्वलन्त उदाहरण यसै बर्ष मनाउन लागिएको शिक्षा दिवशको नारा “हामी सबैको प्रण सार्बजनिक शिक्षा प्रणालीको सबलीकरण” बाट नै छर्लङ्ग हुन्छ ।
मुलुकको सर्बाङ्गिण बिकासका लागि शिक्षा क्षेत्रले पु¥याएको योगदानलाई खण्डित गर्ने मनसायले प्रेरित सरकारको अनुदार र अन्यायपूर्ण सोच उल्लेखित आदर्श वाक्य तय गरिनुले नै प्रष्ट पारेको विज्ञप्तिमा उल्लेख छ ।











प्रतिक्रिया