उपमेयर सहित जनप्रतिनिधीद्धारा नगर प्रमुखलाई ज्ञापन पत्र

0
Shares

शंखर पहाडी, बारा  । बाराको निजगढ नगरपालिकाका नेकपा बाट निर्वाचीत जनप्रतिनिधीहरुले नगर प्रमुख सुरेश कुमार खनाललाई ज्ञापन पत्र बुझाएका छन ।

नगरप्रमुख खनालले नगरपालिकालाई एकलौटी र अपादर्शी तरिकाबाट संचालन गरेको, नगर सभा एकलौटी तबरले बोलाएको, नगरभित्रका विभिन्न समितिहरु भुमिका बिहिन बनाउन खोजेको,शक्ति सन्तुलनलाई ध्यान नदिई एक पक्षीय रुपमा कानुनको मस्यौदा तयार गरेको,मेयर भनेको नगरपालिका र नगरपालिका भनेर मेयर नै जस्तो व्यावहार गरेको नगर कार्यपालिकाका सदस्यहरुको संयुक्त कामलाई मेयर खनालले आफ्नै नाममा प्रचारबाजी गरेको,सदस्यहरुको योगदानको अबमुल्यान गरेको र नगरको सुशासन कमजोर बनाउन मेयर लागि परेको लगायतका ६ बुँदे असहमती जनाउदै नगर उप प्रमुख लिलादेवी लामीछाने (खनाल)को नेतृत्वमा नेकपाबाट निर्वाचीत जनप्रतिनिधीहरुले ज्ञापन पत्र बुझाएका हुन ।

यता नगर प्रमुख खनालले आफुलाई आधारहिन आरोप लगाएको बताउनु भएको छ । नगरपालिकाको लागि प्रधानमन्त्री,राष्टपति,सभामुख जे भनेपनि नगरप्रमख रहेको भन्दै खनालले नगरका हरेक गतिविधिमा कुनै पार्टी विशेषले काम नगरेको बताउनु भयो । उहाँले नगरभित्रका विभिन्न समितिहरुका संयोजकहरुले आफ्नो भुमिका जिम्मेवार तरिकाबाट पुरा नगरेको,नगरको बैठकमा नियमित उपस्थिती नभएको, साथै आधार हिन आरोप लगाएर मेयरलाई बदनाम गराउन खोजेको बताउनु भयो । साथै नगरपरिषद सकिएको लामो समय भई सक्दा पनि नगर सभा नहुनुमा दोषी पनि उहाँहरु नै रहेको मेयर खनालले बताउनु भयो ।

कर्माचारी अभाव भई रहँदा समेत नगरबाट नागरकिले पाउने सेवा सुविधामा कुनै कमी नगरेको समेत बताउनु भयो । साथै नगरका गतिविधीहरुमा राजनीती नगर्न पनि मेयर खनालले आग्रह गर्नु भयो । साथै मेयर खनालले आफुमाथी लगाईएका आरोपहरुको पुष्टि गर्नु पनि चुनौती दिनु भएको छ ।