सुशासनमैत्री बन्दै कालिकोटको शुभकालिका


कालीवहादुर मल्ल । जिल्लाको शुभकालिका गाउँपालिकालाई मानवअधिकार तथा सुशासनमैत्री गाउँपालिकाको रुपपमा चिनाँउन यहँका जनप्रतिनिधिहरु लागिपरेका छन् ।

निर्वाचित महिला जनप्रतिनिधिका लागि संवैधानिक,अधिकारमुखी र सुशासन विषयक अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,कार्यपालिका सदस्य र वडा सदस्यहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।

हेल्भेटास नेपाल अन्तरगत सक्रिय जनता,जवाफदेही गाउँपालिका (सजग) परियोजनाको आयोजना तथा गाउँपालिकाको समन्वयमा सञ्चालित अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँइले स्थानीय तहमा महिला अधिकारको प्रत्यभुत गर्न सुशासन र समावेसी विकासलाई जोडदिने वताउनुभयो ।

“समृद्ध गाउँपालिका निमार्णको लागि पहिलो कुरा सुशासन र मानवअधिकारमैत्री स्थानीय तह वनाउनु आवश्यक रहे छ भन्ने प्रष्ट भइयो अव पालिकामा सुशासन कायम गछौ ।”गाउँपालिका उपाध्यक्ष पम्फा शाहीले भनीन र्। महिला,बालबालिका,दलित,जनजातिको उत्थानका लागि महिला जनप्रतिनिधिले गाउँगाउँमा पैरवीका लागि अभियान थाल्ने’ उहाँको भनाई रहेको छ ।

यस्तै सनिबार सम्पन्न कार्यक्रममा हेल्भेटास नेपाल कालिकोट जिल्ला संयोजक लेखनाथ खरेलले जनप्रतिनिधिको क्षमता विकास गरी स्थानीय सरकारलाई जवाफदेही वनाउने र जनताहरुलाई आफ्ना अधिकारको उपभोग गर्न सक्रिय वनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको वताउनुभयो ।

गाउँपालिकामा अवधिक योजना बन्दै
शुभकालिका गाउँपालिकाको पाँच वर्षीय आवधिक योजना निर्माणका लागि तिन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकोको समग्र विकास र समृद्धको लागि पाँच वर्षे रणनीति योजना निर्माण गर्न लागिएको वताइएको छ ।

यसका लागि आवधिक योजना पार्शवचित्र समीक्षा कार्यक्रम भदौ १० गते देखि १२ गते सम्म सञ्चालन भएको थियो । यसैगरी आवधिक योजनालाई पूर्णता दिन हेल्भेटास नेपालको आयोजना तथा सहजिकरणमा गाउपालिकाको समन्वयमा असोज ५ गते देखि ९ गते सम्म आवधिक योजना निमार्ण गोष्ठी हुने भएको छ । आवधिक योजना निर्माण गोष्ठीको हेल्भेटास नेपाल (सजग) परियोजना जिल्ला संयोजक खरेल,विश्वराज बोगटी र रुडेक अछामका गोपिसंह नेपालीले सहजिकरण गर्नुभएको थियो ।

सूूचनामैत्री गाउँपालिका

स्थानी तहको निर्वाचन भएपछि हालसम्म सूचनाको हक सम्वन्धि ऐन २०६४ को पूर्णरुपमा कार्यन्वयन हुन नसकेको विषयमा दुःख व्यक्त गदै गाउँपालिका जनप्रतिनिधिहरुले अवका दिनमा प्रत्येक तिन÷तिन महिनमा पालिकाका गतिविधिको वारेमा जानकारी गराउने प्रतिवद्धता जनाएका छन् । यसका लागि स्थानीय तहमा आफ्नै स्वामित्वमा एफएम रेडियो सञ्चालनमा ल्याउन लागिएका उध्यक्ष चौलागाँईको भनाई रहेको छ ।

उहाँले रेडियो शुक्रबारबाटै परिक्षण प्रसारणमा रहेको वताउनुभयो । गाउँपालिकामा विकास निर्माण तथा योजनाहरु वनेपनि सार्वजनिक नहुदा प्रभावकारी नभएको जनप्रतिनिधिको ठम्याइ रहेको छ ।