गढीमाई मेलाको चर्चा शुरु, सिनो बहिष्कारदेखि बली रोक्नसम्मको बहस


कृष्णउदास खनाल, वीरगन्ज । विश्वमै सबैभन्दा बढी बलि दिने मेलाका रूपमा चर्चित बाराको महागढीमाई मेलाको बिषयमा बिभिन्न चर्चा र बहस शुरु भएको छ ।

अब करिब तीन महिनापछि शुरु हुने गढीमाई मेलाका बिषयमा अहिले बिभिन्न परिचर्चा हुन थालेकय हुन् ।खासगरी मेलामा दिइने राँगाको बलिको सिनो चमार जातिले बहिस्कार गर्ने तथा बली नै रोक्ने जस्ता बिषयमा अहिले बहस भइरहेको छ । पाँच वर्षमा लाग्ने महागढीमाई मेला यस वर्ष मंसिरको दास्रो सातादेखि हुने भएको छ। सो मेलामा लाखौको संख्यामा बोका, राँगा, परेवालगायत भाकल गरेका पशुपंक्षीको बलि दिनै चलन छ। मेला अवधिभरी चढाईने राँगाको बलिपछि त्यसको सिनोलाई चमार जातिले घरमा लगि मासुको रुपमा प्रयोग गर्ने तथा वर्ष भरी खान सुकुटी तयार गरेर राख्ने चलन रहेको छ ।

दलित समुदायअन्तर्गत पर्ने चमार जातिलाई सिनो खाने जात भन्दै विभेद गरिएको हुँदा यस्तो निर्णय गरिएको दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज रामले बताउनुभयो । आत्मासम्मानको लागि पूर्ण रूपमा गढीमाई मेलाको सिनो बहिष्कार गरौं भन्ने नाराको साथ अहिले आफूहरुले चिसो बहिस्कयर अभियानसंचालन गरिरहेको रामले बताउनुभयो । चौतर्फी रुपमा बहिष्कृत चमार जातिलाई सिनोको नाममा थप विभेद व्यहोर्नुपर्ने भएको हुँदा सिनो बहिष्कार अभियान सञ्चालन गर्ने निर्णय गरिएको सचिव राज नारायणले बताउनुभयो ।

सिनो बहिष्कार अभियानलाई बारा, पर्सा र रौतहटको गाउँ गाउँमा रहेको चमार बस्तिमा र्पुयाउन आगामी दिनमा जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय समेत आफूहरुले गरेको अध्यक्ष रामले बताउनुभयो । गढीमाइ मेलामा दर्शनका लागि करोडको हाराहारीमा दर्शनार्थीहरु आउने र लाखौंका पशु तथा पन्छीहरुको बली चढने गरेको छ,जसको बिरोध समेत हुन थालेको छ । बिभिन्न पशु अधिकारवादीहरुले बलीको बिरोध गरिरहेका छन् । केही धर्मवादी संस्थाहरुले पनि बलीको बिरोध जनाएका छन् ।