नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमै भएको छैनः मन्त्री पण्डित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको दाबी गरका छन्।

मन्त्री पण्डितले संघीयतामा गएर नेपालमा जति छिटो कर्मचारी समायोजनको काम सम्पन्न भएको मुलुक विश्वमा कहीँ भए उदाहरण पेस गर्न पनि संचारकर्मीहरूलाई चुनौती दिए।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भने ‘संघीयता अन्तरगतको स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन र संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि भएको छैन । ’

स्थानीय तहको मागको आधारमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि पनि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोक सेवा आयोगमार्फत विज्ञापन खुलाउने तयारी गरिएको पनि जानकारी दिए।

मन्त्री पण्डितले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि पनि काम गरिरहेको दाबी गरे। भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रीयतापूर्वक काम गरिरहेको र मुलुक संघीयतामा गएकाले तीनै तहमा देखिएको समस्या एकै दिनमा समाधान गर्ने कुराको कल्पना गर्न नमिल्ने तर्क पनि गरे।