कतार एयरवेजको जहाजमा चरा ठोक्कियो !

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जहाजमा चरा ठोक्किएको छ । मध्यान्ह १२ बजेर १० मिनेटमा उड्ने तयारीमा रहेको कतार एयरवेजको क्यु आर ६४५ जहाजमा धावन मार्गमै चरा ठोक्किएको हो।

त्रिभुवन विमानस्थल खटिएको प्रहरी टोलीका अनुसार उड्न तयार जहाजमा धावनमार्गमै चरा ठोक्किएपछि उडान रद्द गरिएको छ ।

चरा ठोक्किए लगत्तै जहाज ग्राउन्डेड गरी कतार एयरवेजकै इन्जिनियरहरुले प्राविधिक जाँच थालेको प्रहरीले जनाएको छ ।