एजेन्सी, भारत सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने नयाँ कानुन लागू गरेको छ।
आइतबारदेखि लागू भएको नयाँ कानुनअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई २ वर्षसम्म जेल हुने उल्लेख गरेको छ ।
मापसे गरेर सवारी चलाएमा पहिलो पटक ६ महिना जेल र १० हजार भारतीय रुपैयाँ जरिमाना हुनेछ। सोही मानिसले दोस्रो पटक मापसे गरेर गाडी चलाए दुई वर्ष जेल र १५ हजार रुपैयाँ जरिमाना तिराइने कानुनमा उल्लेख छ।
नेपालमा पनि केही वर्षदेखि मापसे परीक्षण सुरू गरिएको छ।











प्रतिक्रिया