एटीएम सर्भर डाउन भएका बैंकको एटीएम सञ्चालनमा, प्रभु बैंक र एनआईसी एशिया अझै तनावमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

सर्भर डाउन भएका बैंकहरुको विस्तारै एटीएम सेवा सञ्चालनमा आउन थालेको छ । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको हो ।

ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो । आइतबार बिहान भने प्रभु र एनआईसी एशियाबाहेकका बै‌ंकको एटीएम सेवा सञ्चालनमा आएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि २ बाहेकका बैंकको एटीएम सेवा सञ्चालनमा आएको जनाएको छ । यस्तै ती दुई बैंकहरुको केही प्राविधिक कामहरु बाँकी भएकाले सर्भर अहिले पनि डाउन नै छ । यसको मर्मत कार्य भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

एक्कासी सर्भर डाउन भई एटीएम कारोबार बन्द हुँदा सेवाग्राहीहरुले धेरै सम्स्या भोग्नुपरेको थियो ।