नेयमारका लागि डेम्बेलेको यू टर्न

0
Shares

मेड्रिड, (एजेन्सी)। नेयमार आफ्नो ला लिगाको पूर्वक्लबमा फर्कने समय नजिकिँदै आएको छ। ओसमाने डेम्बेलेले रकमसँगै तीन खेलाडीको प्रस्ताव गर्ने विषयमा स्वीकार गरेपछि नेयमारका लागि बार्सिलोना फर्कने समय नजिकिएको हो।

बार्सिलोनाले इभान राकिटिच, जीन क्लेयर टोडीबो र डेम्बेलेलाई एक वर्षको ऋणमा र १ सय २० मिलियन पाउन्ड तिर्ने प्रस्ताव राखेको छ।पेरिस सेन्ट जर्मेनले खेलाडी साट्ने प्रस्तावलाई सकारात्मक लिएको ला लिगा क्लबले दाबी गरेको छ।

स्पेनी मिडियाले जनाएअनुसार डेम्बेलेले पहिले नमानिरहेको तर पछि नेयमारका लागि यू टर्न लिएका हुन्। तर पीएसजीले २ सेप्टेम्बरको डेडलाइनसम्म नेयमारलाई नछाडेमा यो सम्झौताको टुंगो लाग्नेछैन।