स्वप्न वाटिका र हेम्स सफल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।स्वप्न वाटिका र हेम्सले १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन्।
स्वप्न वाटिकाले केईएसलाई १८–४ ले पराजित गर्यो।

टोलीको जितमा अश्विक केसीले ५ अंक जोडे। हेम्सले काठमाडौं जेभियरलाई १४–७ ले हरायो। टोलीको जितमा हेलेन राजवंशीले ६ अंक जोडे। सनसाइनले स्पाङगेललाई ९–७ ले पन्छायो।

सिनियर गल्र्समा एसियन पब्लिकले काठमाडौं जेभियरलाई १७–११, चैतन्यले सेवा सदनलाई ९–४, अक्सिडेन्टलले हेम्सलाई ९–६, स्पाङगेलले सनसाइनलाई ६–४ र भद्राघलेले अल्बर्टलाई ४–२ ले पाखा लगाए। सिनियर ब्वाइजमा स्पाङगेलले सनसाइनमाथि २९–२० को जित रच्यो। विजयी टिमका लागि रोहित बलामीले १७ अंक जोडे।