ग्रिनल्यान्डलाई फुटसल उपाधि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।ग्रिनल्यान्डले दोस्रो टोखा प्याब्सन अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

टोखा प्याब्सन र टोखा नगरपालिका–८ द्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा ग्रिनल्यान्डले हिमालयन भ्यालीलाई ३–२ गोलले पराजित गर्यो। ग्रिनल्यान्डका सविन गुरुङलेह्याट्रिक गरे।

सविन नै सर्वोत्कृष्ट खेलाडी चुनिए। हिमालयनका रोहन कोइराला र विश्वास श्रेष्ठले १–१ गोल गरे। हिमालयनका रवीन थापा उत्कृष्ट गोलरक्षक घोषित भए। नेपाल मोडेल अनुशासित टिम ठहरियो।