काठमाडौं, (नेस) । गृह मन्त्रालयले ३५ जना प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ। शुक्रबार नै मन्त्रालयले निर्णय गरेको भए पनि शनिबार मात्रै सरुवाको लिस्ट सार्वजनिक गरिएको हो।
भीमप्रसाद ढकाल महानगरीय ट्राफिक प्रहरी महाशाखा, टेकप्रसाद राई महानगरीय प्रहरी परिसर ललितपुर, सन्दीप भण्डारी ३ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, डा. देवबहादुर बोहोरा प्रहरी प्रधानकार्यालय नक्साल, ३८ किलो सुनकाण्डमा परेका दिवेश लोहनी, गण्डकी प्रदेश तामिल केन्द्र पोखरा र प्रकाशजंग कार्की प्रहरी प्रधानकार्यालयमा सरुवा भएको बताइएको छ।
यस्तै रवीन्द्रकुमार धानुक प्रहरी प्रधानकार्यालय, भोजजंग शाह संघीय प्रहरी कार्यालय काभ्रे, उमेश रञ्जितकार प्रहरी प्रधानकार्यालयलगायतको सरुवा भएको छ।











प्रतिक्रिया