काठमाडांै, (नेस)।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ कटुवामा १८ गाई र ६ गोरु मरेको अवस्थामा फेला परेको बारेमा छानविन गर्न गृह मन्त्रालयले मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा एक समिति गठन गरेको छ।
मन्त्रालयले १५ दिनभित्र उक्त घटनाको बारेमा छानविन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। चार सदस्यीय छानविन समितिमा नेपाल प्रहरी र अन्य निकायका पदाधिकारीलाई राखिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको कान्जी हाउसमा रहेका ३ सय ७० गाईहरू दैलेखको श्रीस्थान लैजाने क्रममा २४ वटा बाटोमै मरेको र अन्य गाईगोरु घाइते अवस्थामा फेला परेपछि मन्त्रालयले उक्त समिति गठन गरेको हो।
उक्त घटनाको तीव्र बिरोध भएपछि बीच बाटोमा नै गाईगोरु छोडेर आउँदै गरेका ५ वटा ट्रक र चालकलाई सुर्खेत प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको हो। दैलेखको श्रीस्थान लैजाने भनेर बीच बाटोमा गाईगोरु छोड्ने व्यक्तिको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।











प्रतिक्रिया