देउवा निवासमा पहिलो मन्त्री

0
Shares

काठमाडौं, (नेस)।संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नयाँ‘संस्कार’को सुरुआत गर्नुभएको छ। नेकपा नेतृत्वमा रहेका मन्त्रीहरूमध्ये पहिलो पटक मन्त्री भट्टराईले प्रमुख प्रतिपक्षी दल नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निवामै भेटेर आफ्नो मन्त्रालयले गरिरहेको कामको बारेमा जानकारी गराउनुभएको हो।
शनिबार बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमै पुगेर मन्त्री भट्टराईले आफूले सम्हाली रहेको मन्त्रालयको बारेमा जानकारी गराउनुभएको बताउनुभयो।
मन्त्रालयले केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको बताउदै उहाँले मन्त्रालयका काम र भ्रमण वर्ष–२०२० को बारेमा सभापति देउवाले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाब दिनुभएको जानकारी दिनुभयो।

यसअघिसम्म कुनै पनि मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई मन्त्रालयको कामको बारेमा जानकारी दिने प्रचलन थिएन। मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर आफ्ना मन्त्रालयको कामको योजना सुनाएर असल राजनीतिक संस्कारको सुरुआत गरेको देउवाको सचिवालयले बताएको छ।