दुर्घटनामा एकको मृत्यु

0
Shares

खस्यौली। पूर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका–१ स्थित वनकट्टामा बोलेरो गाडीले ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सैनामैना नगरपालिका–१ निवासी ६५ वर्षीया नन्दकली सुवेदी रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ज १७४६ नंको बोलेरो गाडीले सडकमा छेउमा हिँडिरहेकी सुवेदीलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि गम्भीर घाइते उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।