सीताराम अधिकारी,धादिङ। गाउँमा आएका नेत्रविक्रम चन्द (बिप्लब) ले नेतृत्व गरेको नेकपाका नेताहरुको भाषण सुन्न गएको बेला नाम टिपेर गाउँ कमिटिमा राखेर आफूहरु फसेको भन्दै गल्छी गाउँपालिका वडा न.३ का ५ जनाले जिल्ला प्रहरी कार्यालयमा हिजे आत्म समर्पण गरेका छन् ।
आत्म समर्पण गर्नेहरुमा गल्छी गाउँपालिका वडा न. ३ मुलाबारीका ५३ वर्षीय ध्रुबप्रसाद खनाल, ४२ वर्षीय श्याम बहादुर बयलकोटी, छाँगेटारका ३३ वर्षीय बिष्णु प्रसाद खतिवडा, २६ वर्षीय केशव राज खतिवडा र ३८ वर्षीय दिपेन्द्र कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताउनुभयो ।
विप्लब पार्टी छाडेर आफूहरु स्वतन्त्र हुने र गाउँको विकासका लागि पर्ने बताएपछि जिल्ला प्रहरी कार्यालयले प्रत्रकार सम्मेलन गरि उनिहरुलाई पत्रकार सममेलन गरि सार्वजनिक गरेको थियो ।
आफूहरुलाई थाहै नदिइ राखेकोले विप्लबको गतिविधिमा सम्लग्न भएको र अब पनि नहुने उनिहरुले पत्रकार सम्मेलनमा बताएका छन् ।











प्रतिक्रिया