शंखर पहाडी(गौरब),निजगढ। बाराको निजगढमा स्थानिययुवाहरुको सक्रियातामा नि:शुल्क कपडा बैंक स्थापना भएको छ । गरीब असहायलाई आफ्नो शरीर अनुकल हुने कपडाहरु नि:शुल्क रुपमा लैजान सक्ने बताइएको छ ।
बाराको निजगढ नगरपालिका- ९ माफ्रेन्डस सर्कल अफ निजगढले स्थानीय युवाहरुको सक्रियता तथा स्थानीय व्यापारी व्यवसायीहरुको सहयोगमा नि:शुल्क कपडा बैंक स्थापना गरेका हुन् ।
शनिबारबाट सन्चालनमाआएको निशुल्ककपडा बैकको निजगढ नगरपालिकाकानगर प्रमुख सुरेश कुमार खनालले एक कार्यक्रमकाबीच कपडा बैंकको उद्घाटन गर्नु भएको हो ।
आफुले चाहेजस्तो कपडा लाउन रहर हुँदाहुदैपनि गरीबीका कारण चाहे जस्तो कपडा लाउन नपाएका गरीब असहाय तथा निमुखाहरुका लागि सहयोग गर्ने उद्श्येले निशुल्क कपडा बैंक स्थापना गरिएको फ्रेन्डस सर्कल अफ निजगढका अध्यक्ष अनिश पोखरेलले बताउनुभयो ।।
देशका अन्य सहरहरुमा यस्ता कपडा बैंक स्थापना भएपनि तराईका सहरहरुमा यस्ता कपडा बैंकको स्थापना भएको थिएन । तर अब निजगढमा पनि निशुल्क कपडा बैंकको स्थापना भएपछि स्थानिय गरीब तथा असहायहरुले राहतको महसुस गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथी तथा निजगढ नगरपालिकाका नगर प्रमुख खनालले स्थानिय युवाको सक्रियताको प्रसंसा गर्नुको साथै अन्य जिल्लाहरुमा पनि यस्ता निशुल्क कपडा बैंकहरुको स्थापना हुनु आवश्यक रहेको बताउनु भयो ।
आफुले चाहेर पनिभने जस्तो कपडा किनेर लाउन नसक्ने विपन्न परिवारका लागि निशुल्क कपडा बैंकले ठुलो राहत प्रदान गरेको खनालले बताउनु भयो । कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु,कर्माचारीहरु,स्थानिय समाजसेवीहरुका साथै स्थानियबासीको सहभागीता रहेको थियो ।











प्रतिक्रिया