बुटवल, (नेस)। मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखा पढी व्यवसायी कमलप्रसाद पाण्डेलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले पाण्डेद्वयलाई सेवाग्राहीसँग १ लाख २० हजार नगद रुपियाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको बताएको छ।
सेवाग्राहीको जग्गा नामसारी र पूर्जा बनाइदिने भन्दै उक्त रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुसालले बताउनुभयो।
ढकाल पाण्डे लेखापढी कार्यालयमा रकम बुझ्दै गर्दा उनीहरूलाई अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ। दुवै जनालाई थप कारबाहीका लागि शुक्रबार आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाडौं पठाइने बताइएको छ।











प्रतिक्रिया