संखुवासभा, (नेस)।संखुवासभा खाँदबारी नगरपालिकाले सामुदायिक विद्यालयमा सेनेटरी प्याडसहित प्राथमिक उपचार किट बक्स वितरण गरेको छ।
प्राथमिक उपचारमा सहज गराउनका लागि प्रत्येक विद्यालयलाई नगरले आफैले औषधीसहितको प्राथमिक उपचारको किट बक्स वितरण गरेको हो।
नगरपालिका क्षेत्रभित्र रहेका ४३ वटा सामुदायिक विद्यालयमा छात्राका लागि सेनेटरी प्याडलगायत सिटामोल, आँखामा लगाउने मलम, बान्ता रोक्ने औषधीलगायतको औषधी वितरण गरिएको खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुख दीपकमणि घिमिरेले बताउनुभयो।
उहाँले अहिले पनि ग्रामीण क्षेत्रमा महिनावारीको समयमा विद्यार्थी विद्यालय नआउने गरेका छन्।
तिनीहरूमा विद्यालयमा पढ्ने वातावरण बनाउन सेनेटरी प्याड वितरणले सहज हुने र अन्य औषधीले दुर्घटनालगायत अन्य विद्यार्थीलाई तत्काल प्राथमिक उपचार गर्न सहज हुने नगरपालिका शिक्षा शाखा प्रमुख घिमिरेले बताउनुभयो।











प्रतिक्रिया