सिक्री लुट्ने महिला पक्राउ

0
Shares

पर्वत, (नेस)।  पर्वतको कुस्मा नगरपालिका १४ की ८८ वर्षीया वृद्धाको गलाबाटै सुनको सिक्री लुटेको अभियोगमा एक महिला पक्राउ परेकी छन।
कुस्मा नगरपालिका– १४ डाँडाखर्क की ८८ वर्षीया रामकुमारी गुरुङको गलामा लगाएको अवस्थामा सिक्री लुटेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीया कमला सार्की पक्राउ परेकी हुन्।

डाँडाखर्क स्वास्थ्यचौकीनजिक आफ्ना भाइ इन्द्र गुरुङको घरमा बस्दै आएकी वृद्धाको साथबाट बुधबार बिहान साढे ६ बजे सार्कीले सिक्री लुटेर भागेकी थिइन्। घटनाको अनुसन्धान गर्दै जाँदा शंकास्पद रुपमा हिँडिरहेकी नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा चोरी गरेको स्विकार गरेकी थिइन। उनले लुटेको सिक्री केही तल पर्खालमा लुकाएको अवस्थामा फेला परेको छ।

पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ घर भई माइती आर्थर छापस्वारामा बस्दै आएकी अभियुक्त नेपालीलाई चोरी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।