३१ प्रजिअ अदलबदल

0
Shares

काठमाडौं, (नेस)।गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। बिहीबार मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेतलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सरुवा गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। उहाँको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ल्याइएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीलाई मकवानपुरमा सरुवा गरिएको छ भने उहाँको ठाउँमा धादिङका प्रजिअ भगिरथ पाण्डेयलाई ल्याइएको छ। मकवानपुरका प्रजिअ आशमान तामाङलाई धादिङमा सरुवा गरिएको छ।

त्यसै गरी काभ्रेका प्रजिअ उदयबहादुर रानालाई झापामा सरुवा गरिएको छ। मोरङमा मदन भुजेल, रूपन्देहीमा महादेव पन्थ, बारामा फणिन्द्रमणि पोखरेल, सुनसरीमा राजेश पौडेल, इलाममा सीताराम कार्की, सुर्खेतमा वसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का, कास्कीमा रमेशकुमार केसी, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनराज पन्तको सरुवा गरिएको छ।

त्यस्तै रुकुम–पूर्वमा मोहनप्रसाद अर्याल, बझाङमा उमेश पाण्डेलाई सरुवा गरिएको छ। डा. कृष्णबहादुर घिमिरेलाई धनकुटा, सुनील खनाललाई सप्तरी, सूर्यबहादुर खत्रीलाई महोत्तरीमा कामु प्रजिअ र श्रवणकुमार तिमिल्सिनालाई काभ्रेको कायममुकायम प्रजिअको जिम्मेवारी दिइएको छ।

त्यसै गरी उमेशकुमार ढकाललाई पाल्पा, ललितकुमार बस्नेतलार्ई पर्सा, सुरेश सुनारलाई मोरङ र नेत्रप्रसाद शर्मालाई चितवनमा सरुवा गरिएको छ।