कोरियन एम्बासाडर तेक्वान्दो सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।  नवौं कोरियन एम्बासाडर राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा बुधबार समापन भएको छ। सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको प्रतियोगितामा सिनियर पूम्सेतर्फ पुरुषमा जितबहादुर बोटे र महिलामा पार्वती गुरुङले पहिलो स्थान हासिल गरे।

जितले प्रेमबहादुर लिम्बूलाई र पार्वतीले नीता गुरुङलाई हराएका हुन्। चारैजना राष्ट्रिय खेलाडी हुन्। क्योरोगी पुरुषतर्फ ४२ केजीमाथि कोटेश्वरका सागर सिंह ठकुरीले मैतीदेवीका सुजन सिलवाललाई हराएर पहिलो भएका थिए।

यस्तै ४५ केजीमाािथ दिलीप मेमोरियलका सागर मगरले वीरगन्जका अफताब आलमलाई, ४८ केजीमाथि युनाइटेडका पुजन खड्काले वीरगन्जकै शिवम शर्मालाई पन्छाएका थिए।

महिलातर्फ ४० केजीमाथि युनाइटेडकी स्वस्तिका महर्जन, ४६ केजीमाथि धनगढीकी गीता कठायत, ४९ केजीमाथि वीरगन्जकी नाजिया हसन सिद्दिकी, ५३ केजीमाथि बाँकेकी नीलिमा मल्ल, ५७ केजीमाथि कोटेश्वरकी सुस्मिता मोक्तान र ६२ केजीमाथि राष्ट्रिय टोलीकी इन्दिरा बस्नेत पहिला भएका थिए।

क्याडेट महिला पुम्सेमा कोटेश्वरकी सन्ध्या लामा र पुरुषतर्फ सगरमाथा एकेडेमीका निशान्त थिङले पहिलो स्थान हासिल गरे।