विजेता टोलीले ५ लाख पाउने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। प्रगतिशील युवा नेपालले यही भदौ २४ देखि २८ गतेसम्म सर्र्वािधक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

स्वर्गीय प्रकाश दाहालको स्मृतिमा हुने प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेताले ५ लाख प्राप्त गर्नेछ। जुन पुरुष भलिबलमा सर्वाधिक पुरस्कार हो।

नयाँबसपार्र्किस्थत ढोरपाटन क्लबको कोर्टमा हुने प्रतियोगितामा उपविजेता हुनेले ३ लाख पाउनेछ। त्यस्तै तेस्रोले १ लाख र चौथोले ५० हजार रुपियाँहात पार्नेछन्। सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल तथा स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपियाँहासिल गर्ने महासचिव सुनिल थापा मगरले जानकारी गराए।

तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगितामा एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनै जनाले एकैपटक कोर्टमा उत्रन पाउनेछ।

प्रतियोगिताको अनुमानित खर्च करिब ३८ लाख ५० हजार रुपियाँरहने आयोजकको अनुमान छ। प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्नुहुनेछ।