प्याब्सन मध्यक्षेत्रीय बास्केटबलमा ५३ टिम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।  प्याब्सन मध्यक्षेत्रीय समिति, काठमाडौंको आयोजनामा १०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगितामा २५ विद्यालयबाट ५३ टोलीको सहभागिता हुने भएका छन्।

शुक्रबारदेखि शुरु हुने प्रतियोगितामा सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने समितिका अध्यक्ष गगनसिंह ऐरले जानकारी गराए।

सिनियर ब्वाइजमा जेभियर र सिनियर गल्र्समा द चाँदबाग डिफेन्डिङ च्याम्पियन हुन्। जुनियर ब्वाइज विधा पहिलो पटक समावेश गरिएको हो।शंखमूलस्थित एआईएको कोर्टमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपियाँखर्च हुने कार्यक्रम संयोजक एवं अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) का प्रिन्सिपल विष्णु अर्यालले जानकारी दिए। फाइनल भदौ २३ गते हुनेछ।