रेडिअन्ट सेमिफाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। आयोजक रेडिअन्ट सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ। रेडिअन्टले उपेन्द्र बस्नेतको १९ अंकको योगदानमा नेपालयलाई ६५–५० ले पराजित गर्यो।

अन्यमा राजन डंगोलको १२ अंक सहयोगमा निम्सले नेपाल सेन्ट्रललाई ४१–३४ ले हरायो। रुपिजले द एक्सेल्सियरलाई ४६–४२ तथा ओसिसले ग्रिनफिल्डलाई ३७–३३ ले पाखा लगाए।

रुपिजका आदित्य गुरुङले १८ तथा ओसिसका छेडुप लामाले १५ स्कोर गरे।

सिनियर गल्र्समा इनोभेटिभले न्यु भिजनलाई २३–१५, द चा“दबागले सिद्धार्थ बनस्थलीलाई २९–२० तथा एलआरआईले स्वर्णिमलाई १७–१३ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।