स्मिथलाई दिवंगत मित्रको सम्झना

0
Shares

लन्डन, (एजेन्सी)।खेल दौरान बलले लागेर घाइते भएका अस्टे«लियाका स्टार ब्याट्सम्यान स्टिभ स्मिथले आफ्ना दिवंगत मित्र फिलिप ह्यूजको सम्झना आएको बताएका छन्।
इंग्ल्यान्डमा जारी एसेस सिरिजको दोस्रो टेस्ट दौरान जोफ्रा आर्चरको बल उनको गर्दनमा लागेको थियो।

इंग्लिस फास्ट बलरले गरेको बलिङमा बलले लागेको समयमै उनले ह्युजको स्मरण भएको बताएका हुन्। ह्युजको २०१४ मा सेफिल्ड सिल्ड खेलमा बाउन्सर बल लागेर निधन भएको थियो।

स्मिथले बुधबार पत्रकार सम्मेलनमा बताए– ‘जब बल मेरो गर्दनमा लाग्यो तब मेरो दिमागमा कयौं विचार आएइरहेका थिए। मलाई केही पुरानो कुरा पनि स्मरण भयो, तपाईंहरूले यसको मतलब थाहा पाउनुभयो होला। केही वर्षअघि यस्तै घटना घटेको थियो।

मेरो दिमागमा सबैभन्दा पहिला त्यही कुरा आएको थियो। दोस्रो टेस्ट बीचैमा छाडेका स्मिथले तेस्रो टेस्टमा सहभागिता जनाएका थिएनन्। तेस्रो टेस्टमा बेन स्टोक्सको चमत्कारी ब्याटिङमा इंग्ल्यान्डले रोमाञ्चक १ विकेटको जित हात पारेको थियो।१–१ बराबरी भएको सिरिजको चौथो टेस्टमा स्मिथले खेल्ने जनाएको छ।