सिरहामा शव फेला

0
Shares

लहान, (नेस)।सिरहा नगरपालिका–१६ खिरौना चौकमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। सिरहा नगरपालिका १५ बस्ने अन्दाजी ४० वर्षीय सुरेश साफी आइतबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी अपिलराज बोहराले जानकारी दिनुभएको छ।

एकाबिहानै स्थानीयबासीले साफीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।साफीको शव रहेको घटनास्थलको प्रकृति हेर्दा अत्यधिकमात्रामा मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि मृतकको मुखबाट रगत बगेको कारण अनुसन्धानपछि मात्र भन्न सकिने डीएसपी बोहराले बताउनुभयो।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।