नेकपा गुल्मीले तोक्यो विभिन्न जिम्मेवारी

0
Shares

नेपाल समाचारपत्र, गुल्मी। नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी गुल्मीले स्थानीय तहमा इन्चार्ज र सहइन्चार्ज तोकेको छ। जिल्ला सदरमुकाम तम्घासमा नेकपा केन्दी्रय स्थायी कमिटी एवं ५ नम्बर प्रदेश इन्चार्ज शंकर पोखरेल, प्रदेश सचिव जगप्रसाद शर्मा, जिल्ला इन्चार्ज दिनेश पन्थीको सहभागितामा सम्पन्न बैठकले जिल्ला कार्यदल, सचिवालय र स्थानीय तहमा इन्चार्ज र सहइन्जार्जको टुंगो लगाएको हो।

सात सदस्यीय बनाइएको जिल्ला कार्यदल समितिको पार्टी जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, सचिव वीरबहादुर कार्की, जिल्ला सदस्यहरू बालसिहं काउछा, कृष्ण सुनार, हीरा एसी, भुपाल पोखरेल र ज्ञानकुमार बुढा रहेका नेकपा गुल्मीले जनाएको छ। बैठकले ४९ सदस्यीय जिल्ला सचिवालयको गठन गरेको छ।

जिल्लाका स्थानीय तहमा ईन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ। जसअनुसार कालिगण्डकी गाँउपालिकामा तेजेन्द्र सलामी इन्जार्ज र झवि पाण्डेलाई सहइन्चार्ज तोकिएको छ।

सत्यवती गाउँपालिकामा अमर न्यौपाने इन्जार्ज र यमु गैरे सहइन्चार्ज, चन्द्रकोटमा सिर्जना तरामु इन्चार्ज र चेतन बस्नेत सहइन्चार्ज, छत्रकोटमा विष्णु पौडेल इन्चार्ज र लोकनाथ पाण्डे सहइन्चार्ज, धुर्काेटमा कृष्ण घिमिरे इन्चार्ज र चन्द्र विक सहइन्चार्ज, मदानेमा वेगमचन्द्र बोहोरा इन्चार्ज र केशव चन्द बोहोरा सहइन्चार्ज भएका छन्।

इस्मामा दलबहादुर विक इन्चार्ज र चुराबहादुर विष्ट सहइन्चार्ज, रेसुंगा नगरपालिकामा अशोक थापा इन्जार्ज र कृष्ण भण्डारी सहइन्जार्ज तोकिएको छ। रूरू गाँउपालिकामा हिमाल श्रेष्ठ, गुल्मीदरबार गाँउपालिकामा शेरबहादुर सर्तुङे मगर, मालिका गाँउपालकामा ज्ञानकुमार बुढा र मुसिकोट नगरपालिकामा जीवन खरेल इन्जार्ज भएका छन्।

स्थानीय तहमा अबको केही समयभित्रै सहइन्चार्जको टुंगो लगाइने नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए। पार्टीको बैठकले जिल्लाको वार्षिक कार्ययोजना पनि पारित गरेको छ। जसमा नियमित बैठक, प्रशिक्षण, स्थानीय सरकारलाई सहजिकरण तथा राम्रो कामको प्रचार–प्रसार रहेको छ।