ओखलढुंगा, (नेस)। देशै तहस नहस पार्ने गरी २०७२ साल वैशाख १२ गते आएको महाभूकम्पबाट ओखलढु·ाको खिजी देम्बा–३ मा रहेको ख्रिस्री खोला लघु जलविधुत् आयोजनाको विद्युत्गृह जोगिन सकेन।
स्थानीय उपभोक्ता समितीको सक्रियतामा २०६८ सालमा निर्माण थालिएको उक्त विद्युत् आयोजनाबाट खिजीदेम्बा–३ निबासी नागरीकहरूले अन्धकारबाट उन्मुक्ति पाएको आभाष गरिरहेका थिए।
‘हुने हार दैब नटार’ भने झैँ विनाशकारी महाभूकम्पले खिजीदेम्बा–३ निबासीहरूको उज्यालोको खुशी छिनभरमै खोस्यो। विनाशकारी भूकम्पका कारण विद्युत्गृह पूर्ण रूपमा बन्द नभए पनि विद्युत् गृहमा भने पूर्ण रूपमा क्षति पुग्योे।
‘कमजोर भू–बनोट भएको स्थानमा रहेको विद्युत्गृहमा काम गर्न साह्रै डर लाग्थ्यो। एकातिरको भित्ता पूर्ण रूपमा भत्किएको थियो भने छानो कतिखेर खस्ने हो, टुङगो थिएन। धरापतुल्य विद्युत् गृहमा बत्ति बाल्न र निभाउन जाँदा साह्रै डर लाग्थ्यो’, ख्रिस्री खोला लघु जलविद्युत्का अपरेटर भैराम सुनुवार र मेषबहादुर सुनुवारले विद्युत् गृह मर्मतभन्दा अगाडिको कहाली लाग्दो अवस्था सुनाए।
‘तर अहिले विद्युत्गृह मर्मत गरिएपछि पूर्ण रूपमा सुरक्षित महसुस गरेका छौ। अहिले पक्की घर बनेको छ। हामी जति बेला पनि र्निधक्क भई काम गर्छौ’,अपरेटरद्वय भैराम र मेषबहादुर सुनुवारले अनुहार उज्यालो पार्दै खुसी साटे।
स्थानीय वडा समिती, देम्बा सामुदायिक विकाश केन्द्र र सीआर एस नेपालको साझेदारीमा उत्त विद्युत् गृह पुनः निर्माण सम्पन्न गरिएको खिजी देम्बा–३ का वडा अध्यक्ष टंकराज सुनुवारले बताउनुभयो











प्रतिक्रिया