ललितपुर, (नेस)। ललितपुर महानगरपालिकाले डेंगु भाइरस भएका लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। ललितपुर महानगरभित्र बसोबास गर्ने महानगरबासीको स्वास्थ्यप्रति संवेदनशीलता अपनाउँदै उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय महानगरको कार्यपालिका बैठकले गरेको हो।
पछिल्लो समय ललितपुर महानगर क्षेत्रमा पनि डेंगुका बिरामी देखिएका छन्।ललितपुर महानगरपालिका चिरिबाबु महर्जनले भन्नुभयो– ‘ललितपुरमा डेंगु प्रभावित बिरामी देखिएकाले थप सजगता अपनाउन यस्तो निर्णय गरेका हौं।’
महानगरको पहिलो दायित्व नगरबासीको सुरक्षा भएको बताउँदै उहाँले प्राथमिकताका साथ यो उनका अनुसार सम्बन्धित निकायका विज्ञहरूसँग छलफल गरेर कार्यक्रमसँग छलफल गरेर कार्यक्रमको ल्याउन लागेको बताउनुभयो।
सामाजिक विकास समितिका संयोजक तथा वडा नं. २४ का वडाध्यक्ष दिनेश कार्कीले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘जनचेतना आवश्यक छ, जनचेतनाबिना केही पनि सम्भव छैन, वडा वडामा छलफल गरेर कार्यक्रम ल्याउँछौं।’
डेंगु रोग डेंगु भाइरस भएका पोथी लामखुट्टेले टोकेपछि लाग्छ। फुल पार्नका लागि पोथी लामखुट्टेलाई पौष्टिक तत्व आवश्यक भएकाले मान्छेको रगतमार्फत उक्त पौष्टिक तत्व प्राप्त गर्न लामखुट्टेले मान्छे टोक्छ।
यी लामखुट्टेले मान्छेलाई दिउँसो अर्थात् उज्यालो टोक्छ।यसैबीच महानगरले डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।











प्रतिक्रिया