तुर्किस्तान पठाउने भन्दै ठगी

0
Shares

काठमाडौं, (नेस) ।तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाइदिने भन्दै ३ लाख ठगी गर्ने हर्कबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। मासिक १ हजार २ सय अमेरिकी डलर तलब हुने भन्दै तामाङले उमेशकुमार तामाङसँग ३ लाख दिएर सम्पर्कविहीन भएका थिए।

आफू ठगिएको थाहा पाएपछि महानगरीय अपराध महाशाखामा उजुरी गरेका थिए। प्रहरीले उनलाई जोरपाटीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो।

उमेशकुमार तामाङलाई नक्कली टिकट देखाएर ठगी गरेका अभियुक्त तामाङले अन्य ४ जनालाई पनि सोही टेक्निक प्रयोग गरी ठगी गरेको महाशाखाले जानकारी दिएको छ