काठमाडौं, (नेस)।राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बंगलादेश र कतारका लागि राजदूत नियुक्त गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका अनुसार उहाँले डा. वंशीधर मिश्रलाई बंगलादेश र डा. नारदनाथ भारद्वाजलाई कतारका लागि राजदूत नियुक्त गर्नुभएको हो।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसअनुसार डा. द्वयलाई राजदूत नियुक्त गर्नुभएको हो।











प्रतिक्रिया