हाजिरीजवाफको उपाधि केएमसीलाई

0
Shares

काठमाडौं, (नेस)। ह्वाइटफिल्ड माध्यमिक विद्यालयले आयोजना गरेको तेस्रो ह्वाइटफिल्ड उपत्यकाव्यापी विज्ञान हाजिरीजवाफ प्रतियोगिताको उपाधि केएमसी स्कुल शंखमूलले हात पारेको छ।

लिटिल एन्जल्स स्कुल हात्तीवन दोस्रो, गोरखकाली स्कुल बालाजु तेस्रो र जेम्स स्कुल वनस्थलीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। प्रतिष्ठानका संस्थापक निर्देशक, विद्यालयकी प्रिन्सिपल दुर्गा श्रेष्ठ तथा रोटरी क्लब ललितपुर मिड टाउनका पूर्वअध्यक्ष सुनिलकृष्ण श्रेष्ठले संयुक्त रूपमा पुरस्कार वितरण गरेको विद्यालयका संयोजक राममणि बगालेले जानकारी दिनुभयो।

उहाँका अनुसार विद्यालयकै सभाकक्षमा सञ्चालित औपचारिक कार्यक्रममा विजेताहरूलाई प्रमाणपत्रसहित ट्रफी वितरण गरिएको थियो। ह्वाइटफिल्ड इन्ट्र्याक्ट/रोट्र्याक्ट क्लबको संयोजकत्वमा सञ्चालित सो प्रतियोगितामा उपत्यकाका ४० वटा विद्यालय सहभागी भएका थिए।