काठमाडौं, (नेस) ।जागृति महिला समूहले तीजको दर खाने सन्दर्भ पारेर बिहीबार छाउपडीबारे छलफल चलाएको छ। उक्त अवसरमा छाउपडीसम्बन्धमा अछाम र बाजुरामा गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको थियो।
छलफलमा प्रतिवेदन प्रस्तुत गर्दै समूहकी पूर्वअध्यक्ष शर्मिला कार्कीले छाउपडिविरुद्धको कानून बने पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो।महिला कानून र विकास मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता मिरा ढुंगानाले छाउपडि प्रथा मान्नेलाई सरकारी सेवा सुविधाबाट बन्चित गराउनुपर्ने विचार राख्नुभयो।
कार्यक्रमका सहभागीहरूले पश्चिममा छाउका नामले चिनीएको यो प्रथा शहरका ठूला घरमा समेत कायम रहेको बताएका थिए। उनीहरूले तीजको अवसरमा ऋषि पञ्चमीमा महिलालाई अछुत बनाएर धर्म संस्कृतिका नाममा छरिने भ्रमको अन्त्य गरिनुपर्नेमा जोड दिएका थिए।











प्रतिक्रिया