हेटौंडा, (नेस)।इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१५, पिपल चौतारीस्थित सडकखण्डमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको माइक्रोका एक यात्रुबाट लागूऔषध बरामद गरेको छ।
ना १ ज ८५२७ नम्बर यात्रुबाहक माइक्रो चेक गर्दा माइक्रोको सबभन्दा पछाडि झ्यालको छेऊ सिटमा बसेका हेटांैडा–१० बस्ने वर्ष २२ का निकेश थापाबाट लागूऔषध बरामद भएको हो।
उनलाई शंका लागि चेक गर्दा उनले काखीमा च्यापेको झोलाभित्र कागजमा बेरेर रबरले बाँधिएको अवस्थामा लागूऔषध नाइट्रोभेट २० पत्तामा १५ को दरले ३ सय ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। उनलाई लागूऔषधसहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ।











प्रतिक्रिया