शिव सेना नेपाल प्युठानका जिल्ला अध्यक्षले पार्टी छोडे

0
Shares

प्युठान, शिव सेना नेपालका प्युठान जिल्ला अध्यक्ष प्युठान नगरपालिका २ जुम्री निवासी सुरज कुमार पाण्डेले पार्टी परित्यागको घोषणा गरेका छन् ।

उनले मँगलबार एक बिज्ञप्ती जारी गर्दै पार्टिको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पाण्डेले राजिनामा दिदै भनेका छन् ‘हाल कुनै पनि पार्टी संघ सँगठन तथा समुहमा संलग्न नरहने गरि स्वतन्त्र जीवनयापनमा रहने घोषणा गर्दछु ।

उनी २०७० मा सम्पन्न संविधान सभा निर्वाचनमा प्युठान क्षेत्र नम्बर २ बाट शिबसेना नेपाल पार्टिको तर्फबाट संविधानसभा सदस्यका लागि उम्मेद्धवार थिए।