भुकम्पले भत्काएको विद्युत् गृह पुनः निर्माण, स्थानीय हर्षित

0
Shares

लीला सुनुवार, ओखलढुगां ।

२०७२ साल बैशाख १२ गते आएको महाभुकम्पबाट तहस नहस बनेको ओखल्ढुङ्खाको खिजी देम्बा ३ मा रहेको ख्रिस्री खोला लघु जलविद्युत् आयोजना पुनः निर्माण गरिएको छ ।

स्थानिय उपभोत्ता समितीको सक्रियतामा २०६८ सालमा निर्माण गरिएको उत्त आयोजनाबाट खिजीदेम्बा ३ निबासीले अध्याँरोबाट उन्मुत्ति पाएका थिए । तर, भूकम्पका कारण खिजीदेम्बा ३ निबासीहरुको उज्यालोको खुसी सधैँव रहन सकेन । विनासकारी भूकम्पबाट क्षतीग्रस्त बनेको विद्युत् पुर्ण रुपमा बन्द नभए पनि गृहमा भने पूर्ण रुपमा क्षति पुग्योे ।

‘कमजोर भु–बनौट तेईमाथी धराप विद्युत् गृह काम गर्न साह्रै डर लाग्थ्यो ।एकातिरको भित्ता पूर्ण रुपमा भत्किएको थियो छानो कतिखेर खस्ने हो टुङगो थियन । धराप अबस्थामा रहेको बिधुत गृहमा बात्ति खोल्न र मार्न जादा साह्रै डर लाग्थ्यो’, ख्रिस्री खोला लघु जलविद्युत्का अपरेटर भैराम सुनुवार र मेष बहादुर सुनुवारले विद्युत् गृह मर्मत हुनु भन्दा अगाडीको कहाली लाग्दो अबस्था सुनाए ।

तर, अहिले अवस्था सुधारिएको छ । विद्युत् मर्मत गरिएको छ । स्थानिय वार्ड उप समिती ,देम्बा सामुदायिक बिकाश केन्द्ध र सि.आर .एस नेपालको साझेदारीमा उत्त विद्युत् गृह पुनःनिर्माण गरिएको छ । खिजी देम्बा ३ का वडा अध्यक्ष टंक राज सुनुवारका अनुसार विद्युत् गृहको पुनः निमार्ण सुधारिसँगै हामी निर्धक भएर विद्युतीय उपकरणहरु प्रयोग गर्न पाएका छौँ । अहिले पक्कि घर बनेका कारण र्निधक्कका साथ काम गर्न पाएको अपरेटर द्धोय भैराम र मेष बहादुर सुनुवार बताउँछन् ।

आफुहरु कामका लागि योजना छनौटको प्रकृयामा रहेको बेला समुदाय बाटा ख्रिस्र्री खोला लघु जलविद्युत् गृह मर्मतको योजना प्रस्ताव आएको र जन समुदायको लागि लाभदायिक योजना महशुस गरी योजना पारित गरेका देम्बा सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक गणेश बहादुर सुनुवारले बताए ।

योजना शुरु देखि अन्त्य सम्ममा देम्बा सामुदायिक विकास केन्द्रको १३ लाख ११ हजार ७ सय १७ रुपैयाँ र समुदाय बाट १ लाख १३ हजार ३ सय ९ रुपैयाँ गरि १४ लाख २५ हजार २६ रुपैयाँ योजना सम्पन्न भएको देम्बा सामुदायिक बिकाश केन्द्रका परियोजना व्यवस्थापक सुजित कुमार श्रेष्ट बताउँछन् ।

देम्बा सामुदायिक बिकाश केन्द्धले सि.आर.एस नेपालसँगको साझेदारीमा ओखल्ढुङ्खाको खिजीदेम्बा गाउँपालिकाको वडा नंं १,३,५ र ६ मा ओखल्ढुङ्गा पुर्नलाभ तथा पुर्नउत्थान कार्यक्रम सञ्चालन गरिरहेको छ ।