द्रुतमार्गको प्रस्थानविन्दु परिवर्तन, सिकाली मन्दिर जोगाइने

0
Shares

काठमाडौं–निजगढ जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को प्रस्थानविन्दु खोकनाको रेखांकन परिवर्तन गरिएको छ ।

मन्त्रिपरिषद बैठकले हालै स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदनमा सिकाली मन्दिर र कोदेश क्षेत्रलाई संरक्षण गरी सामान्य रेखांकन परिवर्तन गरिएको नेपाली सेनाले जनाएको छ ।

यस्तै महादेवटारदेखि लेनडाँडा क्षेत्रमा पनि रेखांकन तयार नेपाली सेनाले जनाएको छ । त्यहाँ एसियाली विकास बैंक (एडीबी) ले छोक्रेडाँडा–ठिगन–लेनडाँडा सुरुङमार्ग प्रस्ताव गरेको थियो । यो १.३७ किमी लामो सुरुङमार्ग थियो ।

यसको सट्टा तीन वटा सुरुङमार्ग बनाइने छ । महादेवडाँडामा ३.३५५, धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर गरी ६.४१५ किलोमिटर लामो सुरुङमार्ग बनाइनेछ ।

डीपीआरअनुसार आयोजनाको लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब छ ।