महोत्तरी । जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा ज्यान गएको छ ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर को मृत्यु भएको प्रहरीले जनाएको छ ।
थुनुवा ठाकुरको आज बिहान अचानक उच्च रक्तचाप भएर उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएकोमा सोही अस्पतालमा बिहान ८ः४५ बजे मृत्यु भएको हो ।
मृतकको शव आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया