आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी

0
Shares

सुभेन्द्र दास, लहान। अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरीउद्योगमा शिलबन्दी गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा शिलबन्दी गरिaएको हो ।

सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योगमाशिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीकासुरेशकुमार सिंहले जानकारी दिए ।

दुई उद्योगले भने नाम नै नराखी व्यवसाय गर्दै आएका थिए । शिलबन्दीगरिएका अधिकांश डेरी उद्योगले गाईभैँसीको दूधको साटो प्याकेटवाला पाउडरदूधको प्रयोग गरेको तथा सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालनानगरेको अनुगमनका क्रममा पाइएको प्रमुख सिंहले बताए ।

डेरी उद्योगीलाई पटकपटकडेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिए पनि बेवास्ता गरेकाले शिलबन्दीगरेको प्रमुख सिंहको भनाइ छ । सिरहामा करीब ४५ वटा दूध डेरी उद्योग दर्ताभई सञ्चालनमा रहेको जनाइए